भारतीय अभिनेत्री श्रीया शरण काठमाडौंमा
काठमाडौं । भारतीय अभिनेत्री श्रीया शरण काठमाडौं पुगेकी छन्। दक्षिण भारतीय फिल्म ‘मिराई’ छायांकनका लागि उनी आइतबार फिल्म युनिटसहित काठमाडौं पुगेकी हुन्।
केही समयअघि नेपालमा छायांकन भएको फिल्म दोस्रो चरणको छायांकनका लागि उनी नेपाल आएकी छन्। फिल्मको सोमबारदेखि काठमाडौंमा छायांकन हुने छ।
फिल्मको छायांकनका लागि सोमबार अभिनेता जगपति बाबु पनि नेपाल आउनेछन्। फिल्मको १६ दिनसम्म नेपालका विभिन्न क्षेत्रमा छायांकन गरिने छ।
फिल्मको काठमाडौं, भक्तपुर, कीर्तिपुर, दोलखा, पोखरा र मुस्ताङमा छायांकन हुने चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment