डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई पनि चेतावनी दिए

डिसी नेपाल
२१ माघ २०८१ १३:०५
988
Shares

काठमाडौं । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिको कमाण्ड सम्हाल्नेबित्तिकै धेरै देशमाथि कर लगाएका छन् र विदेशलाई दिइने सहायता रोकेका छन् ।

अब ट्रम्पले दक्षिण अफ्रिकालाई सहयोग रोक्न चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल वेबसाइट ट्रुथ सोसलमा पोस्ट गर्दै यस्तो बताएका हुन् ।

ट्रम्पले भनेका छन्, “दक्षिण अफ्रिकाले जमिन कब्जा गरिरहेको छ र केही वर्गका मानिसहरूलाई नराम्रो व्यवहार गरिरहेको छ। यो एकदमै नराम्रो अवस्था हो कि कट्टर वामपन्थी मिडियाले धेरै कुरा गरिरहेको छैन।”

उनले भनेका छन्, “सबैसामु ठूलो मात्रामा मानवअधिकार उल्लङ्घन भइरहेको छ, अमेरिकाले यो सहने छैन, त्यसविरुद्ध कारबाही गर्छ।”

राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘स्थितिको अनुसन्धान पूरा नभएसम्म म दक्षिण अफ्रिकालाई दिँदै आएको सबै सहयोग रोक्का गर्नेछु ।’

यसअघि डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाएका थिए ।

अमेरिकी सरकारको तथ्यांक अनुसार अमेरिकाले सन् २०२३ मा दक्षिण अफ्रिकालाई ४४ करोड डलर सहयोग गरेको थियो ।

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले गत महिना भनेका थिए उनी “राष्ट्रपति ट्रम्पसँग दक्षिण अफ्रिकाको सम्बन्धको बारेमा चिन्तित छैनन्।”

राष्ट्रपति रामाफोसाले जनवरीको अन्त्यमा चुनाव जितेपछि राष्ट्रपति ट्रम्पसँग कुरा गरेको र ट्रम्प प्रशासनसँग काम गर्न आतुर रहेको बताएका थिए ।

आफ्नो पहिलो कार्यकालमा, राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूको कथित सामूहिक हत्या र जग्गा कब्जाको अनुसन्धान गर्ने वाचा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *