पनामा नहरमाथि चीनको प्रभाव र नियन्त्र तत्काल परिवर्तन गर्न अमेरिकाको माग

डिसी नेपाल
२१ माघ २०८१ १४:१२
280
Shares

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनामा नहरमाथि चीनको प्रभाव र नियन्त्रण तत्काल परिवर्तन गर्न पनामासँग माग गरेका छन्।

अमेरिकाका शीर्ष कूटनीतिज्ञले पनामाले अमेरिकाको माग अस्वीकार गरेमा अमेरिकाले दुई देशबीचको सन्धि अन्तर्गत आफ्नो अधिकारको रक्षाका लागि व्यापक कदम चाल्ने बताएका छन् ।

अमेरिकी विदेशमन्त्री र पानामाका राष्ट्रपति राउल मुलिनोबीच आइतबार पनामा सिटीमा भएको भेटपछि यो चेतावनी आएको हो ।

पनामाका राष्ट्रपति मुलिनोले बैठकपछि पत्रकारहरूलाई अमेरिकाले पानामा नहर कब्जा गर्ने खतरा नदेखेको बताए।

राष्ट्रपति मुलिनोले भनेका थिए, “उहाँले चीनको प्रभावबारे ट्रम्पको चिन्तालाई सम्बोधन गर्न बैठकको प्रस्ताव गर्नुभएको थियो।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *