विमानस्थलबाट अवैध सुनसहित महिला पक्राउ
काठमाडौं । अवैध सुनसहित प्रहरीले काठमाडौंबाट एक महिलालाई पक्राउ गरेको छ।
लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुन जस्तो देखिने धातुको रीङ १६ थान, सुन जस्तो देखिने धातुको टुक्रा ५ थान, सिक्री एक थान, औंठी एक थान र बाला एक थान गरी करिब ९८ ग्राम तौलको धातुसहित काठमाडौं महानगरपालिका-१५ स्वयम्भु घर भएकी ५८ वर्षीया मैयाँ तामाङ गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
थाई एयरको उडानद्वारा बैङककबाट काठमाडौं आएकी गुरूङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकबाट उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment