आज प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिँगापुर जाँदै

डिसी नेपाल
५ भदौ २०७६ ७:३९

काठमाडौँ । आज बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि पुनः सिङ्गापुर जाने भएका छन्। यसअघि साउन १८ गते सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराई साउन २७ गते स्वदेश फर्किएका प्रधानमन्त्री ओली थप उपचारका लागि आज सिङ्गापुर जान लागेका हुन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार राजनीतिक दलको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउँदै आफू थप स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जान लागेको जानकारी गराएका थिए ।

त्यस्तै पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल पनि आज ५ दिने चीन भ्रमणमा जाँदै छन् । चिनियाँ कम्युनिष्टको निमन्त्रणामा गोन्जाओमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्नेगरी उनी चीन जान लागेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *