काठमाडौंमा पुरुष मृत फेला, बर्दिया र सिराहामा एक/एक जनाको शव फेला
काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा तीन जनाको शव फेला परेको छ।
काठमाडौं महानगरपालिका-१५ चमती बस्ने ४८ वर्षीय नरेश श्रेष्ठ आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यस्तै बर्दियाको मधुवन नगरपालिका-८ हाट बजारमा गुलरिया नगरपालिका-९ मथुरागाउँ घर भएका ७५ वर्षीय राजाराम मंगता मंगलबार मृत अवस्थामा फेला परेका छन्।
सिराहाको गोलबजार नगरपालिका-२ निपनियास्थित राजदेवी मन्दिर छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३३ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment