नेपालको डिजिटल प्रणाली विस्तारमा स्टोनिया इच्छुक

डिसी नेपाल
२२ माघ २०८१ २२:३२
144
Shares

काठमाडौं। उत्तरपश्चिमी युरोपेली मुलुक इस्टोनियाले नेपालको डिजिटल प्रणाली र साइबर सुरक्षामा सहयोग गर्न इच्छा व्यक्त गरेको छ। नेपालका लागि स्टोनियाका अवैतनिक वाणिज्य दूत नवराज दाहालसँगको भेटमा त्यहाँका परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले त्यस्तो इच्छा प्रकट गरेका हुन्।

भेटमा स्टोनियाको परराष्ट्र मन्त्रालयअन्तर्गत मानव अधिकार र आप्रवाशनसम्बन्धी विभाग प्रमुख केटरिन किभीले डिजिटल प्रणालीको प्रयोग, विस्तार र साइबर सुरक्षाको क्षेत्रमा सहयोग गर्न चाहेको अवैतनिक वाणिज्य दूत दाहालले जानकारी दिए।

स्टोनियाका अधिकारीले ई–गभर्नेन्स र साइबर सुरक्षासम्बन्धी विज्ञलाई नेपाल पठाएर सरकारी कर्मचारी, निजी क्षेत्र (बैंकिङ र गैरबैंकिङ) तथा नेपालका विभिन्न विश्वविद्यालयमा सूचना प्रविधि (आइसिटी) विषय अध्ययनरत विद्यार्थीलाई व्यावसायिक तालिम दिन सकिने बताएको दाहालले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *