कृष्ण केसी क्यानाडामा “किङ चार्ल्स कोरोनेसन मेडल” ले सम्मानित

डिसी नेपाल
२३ माघ २०८१ १०:१६
248
Shares

काठमाडाैं। आफ्नो जीवनलाई मानव सेवामा समर्पित गरि जीवनको ४० वर्ष मानव सेवामा बिताएर हाल टोरन्टो, क्यानाडा-नेपाली समुदायका गतिविधिमा सक्रिय कृष्ण केसीले बेलायतका राजा चार्ल्स तेस्रोको राज्याभिषेकको अवसरमा “किङ चार्ल्स कोरोनेसन मेडल” प्राप्त गरेका छन्।

मानवीय सेवा र समुदाय विकासमा उल्लेखनीय योगदानका कारण उनलाई यो सम्मान प्रदान गरिएको हो।

टोरन्टो क्षेत्रकी सांसद सल्मा जाहिदले उनलाई यो पदक प्रदान गर्दै उनको समर्पणलाई सलामी गरेकी थिइन्। यो पदक क्यानाडाका यस्ता व्यक्तित्वहरूलाई प्रदान गरिन्छ, जसले देश वा विदेशमा उल्लेखनीय उपलब्धि हासिल गरेका हुन्छन्।

केसीले यो सम्मानलाई नेपाली, एसियाली र अफ्रिकी समुदायको साझा सफलताको रूपमा लिएका छन्।

उनले भने, “यो पदक मात्र मेरो होइन, यो हामी सबैको हो। मैले गरेका कार्यहरूमा सहयोग गर्ने सबैलाई यसमा साझेदार मान्छु।”

अहिले सम्म क्यानाडा सरकारबाट चार राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेका केसीले नेपाली समुदायलाई विश्वमै गरिमामय ठाउँमा पुर्याउने आफ्नो अभियान जारी राख्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *