चीनले झट्का दिएपछि युक्रेनमाथि दवाब बढाउँदै डोनाल्ड ट्रम्प

डिसी नेपाल
२३ माघ २०८१ ११:०२
5.1k
Shares

काठमाडौं । अमेरिकाले चीनबाट आयात हुने सामानहरूमा कर लगाएपछि चीनले पनि बदला लिनेछ भन्ने आम धारणा थियो ।

यो अनुमान सही साबित भयो र चीनले अमेरिकामा २५ विशेष खनिज पदार्थको निर्यातमा प्रतिबन्ध लगाएको छ। अब अमेरिकाले यसको सामना गर्न तयारी सुरु गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार भनेअनुसार उनी ३०० अर्ब डलरको अमेरिकी सहायताको बदलामा युक्रेनबाट दुर्लभ धातुहरूको आपूर्तिको ग्यारेन्टी चाहन्छन्।

यी मध्ये केही धातुहरूलाई आरइएम (रेयर अर्थ मेटल) भनिन्छ, जुन धेरै विद्युतीय उत्पादनहरूको महत्त्वपूर्ण भाग हो।

चीनले निर्यातमा प्रतिबन्ध लगाएका खनिजहरूमा टंगस्टन र टेलुरियम पनि समावेश छन्, जुन सौर्य प्यानलहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ।

अमेरिकालाई यो आपूर्तिको विकल्प खोज्न धेरै गाह्रो छ भन्ने चीनले बुझेको छ । यद्यपि उसले ‘राष्ट्रिय सुरक्षा हित’ लाई ध्यानमा राखेर यी प्रतिबन्धहरू लगाएको तर्क गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १०% कर लगाएका छन्, जसको विरुद्धमा चीनले पनि कारबाही गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *