‘गुगल म्याप’लाई चुनौति दिन हुवावेले आफ्नै ‘म्याप’ ल्याउँदै!

डिसी नेपाल
५ भदौ २०७६ ९:३८

एजेन्सी । अमेरिकाको प्रतिबन्धमा परेको चीनको विशाल प्रविधि कम्पनी हुवावेले अहिले आफ्नो छुट्टै अपरेटिङ सिस्टम सार्वजनिक गरेको छ। अमेरिकासँगै अमेरिकी कम्पनी गुगलले पनि हुवावेलाई प्रतिबन्ध लगाएपछि गुगल एन्ड्रोइडको विकल्पमा हुवावेले आफ्नै अपरेटिङ सिस्टम ल्याएको हो।

हार्मोनीओएस नामक उक्त सिस्टम ल्याएपछि अब हुवावेले गुगलको एन्ड्रोइडलाई पनि चुनौति दिने बताइएको छ। यसैगरी आफ्नै प्रविधि उत्पादन गरिहेको हुवावेले गुगलको म्यापलाई चुनौति दिन आफ्नै म्याप सार्वजनिक गर्न लागेको छ। विभिन्न अन्तर्राष्ट्रिय वेबसाइटहरुका अनुसार हुवावेले आफ्नै म्याप सर्भिसको विकास गरिरहेको छ । रिपोर्ट अनुसार हुवावेको म्याप सर्भिसको नाम Map Kit हुन सक्ने छ।

हुवावेले रुसको सहायतामा यसको निर्माण गरिरहेको छ। चाइना डेलीका अनुसार यस म्याप किटबाट १ सय ५० देशको नक्सा हेर्न सकिने छ। हुवावेको म्याप किटले रियल टाइममा ट्राफिक अवस्था, लेन परिवर्तनको पहिचानसँग सम्बन्धित फिचरलाई सपोर्ट गर्नेछ । यो सर्भिस यहीँ अक्टोबरमा लञ्च हुने र यसले विभिन्न ४० वटा भाषाहरुमा उपलब्ध हुने बताइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *