गोदावरीलाई धनगढी उपमहानगरले तिर्‍यो एक लाख ९० हजार जरिमाना

डिसी नेपाल
२३ माघ २०८१ १६:५४
608
Shares

अत्तरिया । कैलालीको धनगढी उपमहानगरपालिकाले गोदावरी नगरपालिकालाई १ लाख ९० हजार जरिमाना तिरेको छ। उपमहानगरपालिकाका ब्याक लोडर र टिप्पर गोदावरी नगरपालिका–९ सेहरीबाट अवैध रूपमा उत्खनन गरिरहेको अवस्थामा जरिवाना तिराइएको हो।

माघ १७ गते जिल्ला समन्वय समिति कैलालीको टोलीले अनुगमनका क्रममा धनगढी उपमहानगरपालिकाका २ ब्याक लोडर र ३ टिप्परलाई अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा फेला पारेको थियो। सो क्रममा अनुगमन टोलीले अन्य २१ वटा सवारी साधन पनि नियन्त्रणमा लिएको थियो।

गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले अवैध उत्खनन गर्ने धनगढी उपमहानगरपालिकाका-५ वटा सवारी साधनलाई जिल्ला समन्वय समितिको निर्देशन अनुसार जरिवाना गराइएको बताए। उनले ब्याक लोडरलाई ५०–५० हजार र टिप्परलाई ३०–३० हजारका दरले जरिवाना गराइएको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *