सवारी दुर्घटनामा तीन जनाको मृत्यु

डिसी नेपाल
२३ माघ २०८१ १७:५४
824
Shares

काठमाडौं । तीन जिल्लामा बुधबार भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालय सूचना शाखाका अनुसार मकवानपुर, नुवाकोट र पाल्पामा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको हो।

मकवानपुरको मकवानपुरगढी गाउँपालिका-७ खोटारस्थित सडकमा बा२क ६६६४ नम्बरको टिपर बुधबार बिहान दुर्घटना हुँदा चालक सोही गाउँपालिका-७ माथिल्लो जिम्बर बस्ने २४ वर्षीय देवेन्द्र लुङ्वाको घटनास्थलमै मृत्यु भएको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका-७ कल्चेडीस्थित सडकमा बा३ख ५५४७ नम्बरको बस र बा५८प २८०४ नम्बरको मोटरसाइकल आपसमा बुधबार दिउँसो ठोक्किँदा मोटरसाइकल चालक बेलकोटगढी नगरपालिका-७ बस्ने २२ वर्षीय जीवन राईको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल नुवाकोटमा उपचारको क्रमम मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते भएका बसमा सवार १८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।

पाल्पाको माथागढी गाउँपालिका-५ सुर्काबासस्थित सडकमा रहबास खानीबाट खैरेनीतर्फ जाँदै गरेको लु२ख ५९६५ नम्बरको टिपर बुधबार दिउँसो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ३२ वर्षीय सुनिल गुरूङको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *