कमलपोखरीमा ग्यास विस्फोट हुँदा ११ जना घाइते
काठमाडौं। काठमाडौंको कमलपोखरीमा ग्यास विस्फोट हुँदा ११ जना घाइते भएका छन्।
आज बिहान पौने ९ बजे विष्फोट हुँदा ११ जना घाइते भएका हुन्। तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन्।
प्रहरीका अनुसार सानदार मःम पसलमा ग्यास सिलिण्डर पड्किएको हो। घाइते हुनेहरु सोही पसलमा काम गर्नेहरु रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् । घाइते सबैको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment