प्रेस चौतारीद्वारा ११ पत्रकार सम्मानित, टपेन्द्र र मालतीलाई डेकेन्द्र थापा स्मृति पुरस्कार

डिसी नेपाल
२४ माघ २०८१ १२:२६
232
Shares

काठमाडौं । प्रेस चौतारी नेपालले २७औं वार्षिकोत्सवको अवसरमा ११ जना पत्रकारलाई सम्मान गर्ने भएको छ।

प्रेस चौतारी नेपालले प्रत्येक वर्ष स्थापना दिवसको अवसर २२ माघमा प्रदान गर्दै आएको पुरस्कार यसवर्ष १०औं महाधिवेशनको अवसरमा फागुन २५–२७ मा विराटनगरमा दिने निर्णय गरेको हो।

यसवर्ष हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार मातृका पौडेल (रामेछाप), अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार हेमन्त पौडेल (कैलाली), डा. शान्ति पाण्डे प्रेस चौतारी नेपाल राष्ट्रिय महिला पत्रकारिता पुरस्कार शान्ति गुरुङ (कास्की)लाई प्रदान गर्ने निर्णय प्रेस चौतारीले गरेको छ।

यस्तै वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लालबाबु शेख (पर्सा) र रिमा सोमै (पाल्पा), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार टपेन्द्र कार्की (काठमाडौं) र मालती केसी (सुर्खेत), सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार उषा तामाङ (दोलखा) र रोशनी कठेत (सुनसरी)लाई प्रदान गरिने भएको छ।

चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार गार्डेन राई (सोलुखुम्बु) र हरिश चन्द (डडेल्धुरा)ले पाउने भएका छन्। उनीहरूलाई महाधिवेशन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गर्ने प्रेस चौतारीले विज्ञप्तिमार्फत जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *