अमेरिकामा महिला खेलकुदमा तेस्रोलिङ्गी प्रतिबन्ध

डिसी नेपाल
२५ माघ २०८१ ७:११
184
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महिला खेलकुदमा तेस्रो लिङ्गीलाई प्रवेशमा रोक लगाएका छन्। उनले यससम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

डोनाल्ड ट्रम्पले ताली बजाउँदै भने, ‘हामी महिला खेलाडीहरूको गौरवपूर्ण परम्पराको रक्षा गर्नेछौं र हामी पुरुषहरूलाई हाम्रा महिला र केटीहरूलाई पिट्न, चोट पुर्याउन र धोका दिन दिने छैनौं।’ अबदेखि महिला खेलकुद महिलाका लागि मात्र हुनेछ।

यसअघि पनि डोनाल्ड ट्रम्प सत्तामा फर्कने बित्तिकै उनले ट्रान्सजेन्डरहरू विरुद्ध अवश्य कारबाही गर्ने स्पष्ट पारेका थिए। यो आदेशमा हस्ताक्षर गरे पछि डोनाल्ड ट्रम्पले अब महिला खेलकुदमा ट्रान्सजेन्डर नहुने बताएका छन् । उनले भने, ‘यो झगडा अब पूर्ण रूपमा समाप्त भयो भनेर विचार गर्नुहोस्।’

अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसमा दर्जनौं बालबालिका र महिला खेलाडीको बीचमा हुँदा यी कुरा भनेका हुन्।

यस अवसरमा डोनाल्ड ट्रम्पले भने, ‘महिला एथलीटहरूको गौरवपूर्ण परम्पराको रक्षा गर्नेछौं, र हामी पुरुषहरूलाई हाम्रा महिला र हाम्रा केटीहरूलाई पिट्न, चोट पुर्याउन र धोका दिने अनुमति दिँदैनौं। अबदेखि महिला खेलकुद महिलाका लागि मात्र हुनेछ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *