चितवनमा बस दुर्घटना, २५ भन्दा बढी घाइते

डिसी नेपाल
२७ माघ २०८१ ६:४३
2.1k
Shares

चितवन। चितवनको भरतपुर-२९ गाईघाटमा रात्रीबस दुर्घटना हुँदा २५ भन्दा बढी घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको लु.प्र.०३-००१ख ००७७ नम्बरको बस पुलवाट करिब २० मिटर तल खोल्सिमा खसेर दुर्घटना भएको हो।

बस आज बिहान पौने पाँच बजे सेतीदोभानस्थित गाईघाटमा गाडीको टायर फड्किएर पुलबाट तल खसेर दुर्घटना भएको हाे।

घाइतेहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको नेपाल प्रहरी राजर्माग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुखका एसपी नरेश सुवेशीले जनकारी दिए।

घटनास्थलमा प्रहरी टोली उद्धारको लागि खटिरहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *