मन्त्री भट्टराई अस्वस्थ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको स्वास्थ्यमा समस्या देखिएको छ।
आफू अस्वस्थ रहेको र आज कार्यक्रम तथा बैठकमा उपस्थित हुन नसक्ने उनले बताएकी छन्।
‘हिजो देखि स्वास्थ्यमा समस्या देखिएको कारण मन्त्रालय, आजका सबै बैठक र कार्यक्रममा उपस्थित हुन नसक्ने व्यहोरा जानकारी गराउन चाहन्छु। असमर्थताको लागि क्षमाप्रार्थी छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
चिकित्सककको सल्लाहअनुसार मन्त्री भट्टराई निवासमै आरम गरिरहेको उनको सचिवालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment