५० विद्यार्थी सवार स्कुल बस फर्पिङमा दुर्घटना

डिसी नेपाल
२७ माघ २०८१ १७:११
2.2k
Shares

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका-३ फर्पिङस्थित भन्ज्याङमा ५० जना विद्यार्थी सवार स्कुल बस दुर्घटनामा परेको छ।

आइतबार दिउँसो करिब ४ बजे जुनकिरी इंग्लिस स्कुलका करिब ५० जना विद्यार्थी सवार बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइतेलाई दक्षिणकालीस्थित अस्पतालमा उपचारका लागि लगिएको छ। बसका चालकको अवस्था गम्भीर रहेको र घटनाको थप विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *