बेंगलुरुमा चर्चित गायक एड शीरनको स्ट्रिट शो प्रहरीले रोकिदियो
काठमाडौं । बेलायती गायक एड शीरनको लाइभ स्ट्रिट शो बेंगलुरु प्रहरीले रोकेको छ । प्रहरीले यो कार्यक्रम अनुमति बिना आयोजना गरिएको भन्दै कार्यक्रममाथि रोक लगाएको हो ।
जबकि शीरनले पछि इन्स्टाग्राममा आफूसँग अनुमति भएको बताएका छन् । उनले भने, “सबै ठीक छ र आज राती कार्यक्रममा भेटौँला।”
बेंगलुरुको चर्च स्ट्रिटमा एड शीरनको स्ट्रिट शोलाई स्थानीय प्रहरीले रोकिरहेको भिडियो सार्वजनिक भएको छ। यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
अधिकारीहरूले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार शीरनको टोलीबाट कार्यक्रमको लागि अनुमति मागिएको थियो, तर क्षेत्रमा भीडभाड हुनबाट जोगिन त्यसलाई स्वीकार गरिएको थिएन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment