विवाहमा झगडा हुँदा किशोरको हत्या, ६ जना पक्राउ

डिसी नेपाल
२८ माघ २०८१ १७:०९
1.4k
Shares

बाँके । बाँकेमा विवाह समारोहमा झगडा हुँदा एक युवकको ज्यान गएको छ। धारिलो हतियार प्रहार गरी एक किशोरको हत्या भएकोमा प्रहरीले घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका-२ का ३० वर्षीया मनिषा राना, ३४ वर्षीय रामबहादुर राना, सोही गाउँपालिकाको वडा नम्बर ६ बस्ने १८ वर्षीय भिजन नेपाली, जाजरकोट शिवालय गाउँपालिका-७ बस्ने २९ वर्षीय हिमबहादुर बुढा, दाङ बबई गाउँपालिका-६ बस्ने २७ वर्षीया अमृता डाँगी र बाँके बैजनाथ गाउँपालिका-८ बस्ने १८ वर्षीय सुजन बुढा छन्।

गत माघ २५ गते राति करिब साढे ९ बजे तिर बैजनाथ गाउँपालिका-८ बिच लाइन बस्ने सुवास बुढाको विवाहमा झगडा भएको थियो। झगडाका क्रममा धारिलो हतियार प्रहार हुँदा सोही ठाउँका १८ वर्षीय दिनेश रोकाया सख्त घाइते भएका थिए। उनलाई उपचारको लागि भारतको लखनउमा लगिए पनि उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो।

घटनामा संलग्नहरूलाई बाँके जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *