केयू उपकुलपतिका १० प्रतिस्पर्धीको सूची सार्वजनिक
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिका लागि अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरिएको छ।
छनोट समितिले केयूको उपकुलपतिका लागि आवेदन दिएका २० जनामध्येबाट वर्णानुक्रम अनुसार १० जनाको सूची सोमबार सार्वजनिक गरेको हो।
सर्ट लिस्टमा प्राध्यापक डाक्टरहरू अच्युत वाग्ले, कन्हैया झा, जर्नादन लामिछाने, बालचन्द्र लुँइटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा परेका छन्।
छनोट समितिले उनीहरुमध्येबाट ३ जनाको नाम कुलपतिसमक्ष सिफारिस गर्ने छ। आगामी फागुन २ र ३ गते अन्तर्वार्ता हुनेछ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment