अमेरिकी उत्पादनमा अतिरिक्त कर लागू गर्दै चीन
काठमाडौं। अमेरिकाले चीनिया बस्तुमा अतिरिक्त कर लागू गरेपछि चीनले पनि साेमबारदेखि लागू हुने गरी अमेरिकी वस्तुमा अतिरिक्त कर लगाउने भएको छ।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले पदबहाली गरेसँगै विश्वका दुई ठूला अर्थतन्त्रका बीच व्यापार युद्ध बढ्दो क्ममा छ। अमेरिकाले चीनिया उत्पादनमा १० प्रतिशत अतिरिक्त कर लागू गरेको केही मिनेटमै चीनले पनि अमेरिकी उत्पादनमा कर लगाउने घोषणा गरेको हो।
गत फेब्रुअर ४ मै चीनले पनि अमेरिकी बस्तुमा अतिरिक्त करको घोषणा गरेको हो।
चीनबाट आयात हुने एल्मुनियम आयातमा अमेरिकाले हिजै देखि लागू हुनेगरी २५ प्रतिशत कर लगाएको छ। यसको विस्तृत विवरण अमेरिकी राष्ट्रपति ट्रम्पले साेमबार घोषणा गरे।
चीनले साेमबारदेखि लागू हुने गरी अमेरिका निर्यात हुने २५ दुर्लभ धातुहरुमा कर लगाउनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment