हमासले बन्धकहरूलाई रिहा गर्न जारी राख्ने

डिसी नेपाल
२ फागुन २०८१ ११:०५
464
Shares

काठमाडौं । हमासले इजरायलसँग गाजामा भएको युद्धविराम सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको र समयमै बन्धकहरूलाई रिहा गर्ने बताएको छ।

कायरोमा भएको वार्तापछि हमासले इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले “अवरोधहरू हटाउने” पुष्टि गरेको बताएको छ।

यद्यपि, यस सम्बन्धमा इजरायलबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

तर इजिप्ट र कतारका मिडिया रिपोर्टहरूले मध्यस्थकर्ताहरूले दुई पक्षबीचको मतभेद कम गरेको र दुवै सम्झौता कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका छन्।

मंगलबार, इजरायलले यदि हमासले शनिबारसम्ममा बन्धकहरूलाई फिर्ता नगरे युद्धविराम समाप्त हुने बताएको थियो।

यसअघि हमासले इजरायली उल्लङ्घनका कारण रिहाइमा अवरोध गरिरहेको बताएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *