सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा
काठमाडौं– सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफल गरिरहेका छन्। सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारेमा सचेतकहरू छलफल गरिरहेकका छन्।
नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सत्ता पक्षीय प्रमुख सचेतकहरू सहभागी छन् ।
बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौलासहित जसपा नेपाल, जसपा, लोसपा, जनमत पार्टीका प्रमुख सचेतक सहभागी छन् ।
सत्तारुढ दलहरूको हिजो बसेको बैठकले भूमि सम्बन्धी बाहेक अन्य अध्यादेश सदनमा अघि बढाउने निर्णय गरेको थियो । त्यसैको तयारीका लागि प्रमुख सचेतकहरूको बैठक बसेको हो ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment