ताइवानको सीमा नजिक २४ चिनियाँ सैन्य लडाकु बिमान
ताइपेइ। ताइवानले उसको टापु नजिकै २४ चिनियाँ सैन्य विमान पत्ता लगाएको जनाएको छ। ताइवानको रक्षा मन्त्रालयका अनुसार सिमा नजिक २४ चिनियाँ सैन्य लडाकु पत्ता लगाइएको हो। क्यानाडाको युद्धपोतसमेत रहेको संवेदनशील ताइवान स्ट्रेटको टापु नजिकैबाटै २४ चिनियाँ सैन्य विमान उडेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ।
ती चिनियाँ विमानहरूमा लडाकू जेट र ड्रोनहरू पनि समावेश थिए रहेका छन्। आइतबार ताइवान वरपर सैन्य जहाजहरूसँग संयुक्त युद्द अभ्यासको तयारी गस्ती गरिरहेको देखियोएको मन्त्रालयको दावी छ।
‘चीनको सेनाले ताइवान स्ट्रेटबाट पारगमन गर्ने क्यानाडाली फ्रिगेटलाई रेडियो गरेको थियो र उसलाई मार्ग परिवर्तन गर्न चेतावनी दिएको थियो,’ ताइवान मिडियाले रिपोर्ट गरेका छन्।
ह्यालिफ्याक्स-क्लास फ्रिगेट (एचएमसीएस) ओटावा यस वर्ष जलमार्ग ट्रान्जिट गर्ने पहिलो क्यानाडाली नौ सेनाको जहाज थियो। ताइवानको विदेश मन्त्रालयका अनुसार यसको ट्रान्जिटमा दुइ अमेरिकाका जहाजहरू, एक नौ सेनाको विनाशक जहाज र अर्को एक सर्वेक्षण जहाजले पास गरे पछि चिनियाँ सैन्य बिमान यस आसपास क्षेत्रमा आएका हुन्।
अमेरिका र यसका सहयोगीहरूले नियमित रूपमा १८० किलोमिटर ताइवान स्ट्रेट पार गर्दै अन्तर्राष्ट्रिय जलमार्गको रूपमा आफ्नो स्थितिलाई सुदृढ पार्न खोजे पछि चीन रिसाएको छ।
अमेरिकी विनाशक र महासागर सर्वेक्षण जहाज सोमबारदेखि सुरु भएको जल क्षेत्र पार गरेको जनाइएको छ। ताइवान रक्षा मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्क अनुसार बुधबार बिहान ६ बजेदेखि ४८ घण्टा भित्रमा ६२ चिनियाँ सैन्य विमान यस टापु नजिकै पत्ता लागेको देखाएको छ।
ट्रम्प र जापानी प्रधानमन्त्री शिगेरु इसिबाले एकपक्षीय रूपमा ताइवान स्ट्रेटमो बल वा जबरजस्ती स्थितिलाई परिवर्तन गर्ने कुनै पनि प्रयासको विरोध गरेको बताएपछि यी बिमान देखिएको जनाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment