पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पहिलो तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। स्वर्णलक्ष्मी सहकारी बचत अपचलनको विचाराधीन आफूविरुद्धको मुद्दामा पहिलो तारिखका लागि उनी मंगलबार श्रीमती निकिता पौडेलसहित पुगेका हुन्।
स्वर्णलक्ष्मीको मुद्दामा रविलाई गत माघ २ गते काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन दिएको छ।
सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए। रविलाई कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। अझै सानो पाइला सहकारीको मुद्दा पर्सा जिल्ला अदालतमा दर्ता हुन बाँकी छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment