जीवनमा सुखी रहनलाई श्रीकृष्णका पाँच कुरा ध्यान दिनुपर्छ
काठमाडौं। आज भगवान श्रीकृष्णको जन्मोत्सव मनाइँदैछ। भगवान श्रीकृष्णका पाँच यस्ता कुरा छन्, जसलाई जीवनमा अपनाउने हो भने हाम्रो सबै दुख पार भएर जीवनमा सुखको अनुभव गर्न सकिन्छ।
मातृ–पितृ भक्ति
श्रीकृष्णका पिता वासुदेव थिए र आमा देवकी थिइन्। तर उनको पालन पोशण नन्दबाबा र यशोदाले गरे। श्रीकृष्णले सधैं आफ्ना आमा बुवाको आज्ञाको पालन गरे। कंसको वध गरेर वासुदेव र देवीलाई स्वतन्त्र बनाए। कृष्णले जन्म दिने र पालन पोषण गर्ने आमा बुवाको बराबर सम्मान दिए। आमा बुवाको सम्मान गर्ने सन्तान सधैं सुखी हुन्छन्।
गुरु भक्ति
श्रीकृष्णले गुरु सान्दीपनिबाट शिक्षा ग्रहण गरेका थिए। शिक्षा पूरा भएपछि सुरु सान्दीपनि र गुरुआमाले श्रीकृष्णसँग आफ्नो मृत्यु भएको पुत्रलाई गुरु दक्षिणको रुपमा माग गरे। उनीहरुको पुत्रको निधन भइसकेको थियो। तर श्रीकृष्ण आफ्नो गुरुको इच्छा पूरा गर्न यमराजकहाँ गएर गुरुको पुत्रलाई फिर्ता लिएर आए।
प्रेम
श्रीकृष्णका १६१०८ रानी थिए। तीमध्येमा ८ जना प्रमुख थिए। श्रीकृष्णको दाम्पत्य जीवनमा सधैं प्रेम र शान्ति हुन्थ्यो। उनी आफ्नो सबै रानीलाई सन्तुष्ट बनाएर राख्थे। सबै पत्नीको इच्छाको सम्मान गर्थे।
मित्रता
अर्जुन, सुदामा र श्रीदामा श्रीकृष्णका प्रमुख मित्र थिए। जब–जब श्रीकृष्णका मित्रलाई संकट पथ्र्यो, तब तब उनले आफ्ना मित्रलाई हरसम्भव सहयोग गरेका छन्। श्रीकृष्ण द्रोपदीलाई सखी भन्थे। र, सकेसम्म द्रौपदीको सहयोग गर्थे।
बुद्धिमानी र कुटनीति
महाभारत युद्धमा श्रीकृष्णले आफ्नो बुद्धिमानी र कुटनीतिबाट पाण्डवलाई हरेक पटक बचाएका छन्। पाण्डव धर्मको पक्षमा थिए, यही कारण श्रीकृष्ण उनीहरुलाई बचाउनका लागि कुटनीतिको सहारा लिन्थे। युद्धमा जब पाण्डवमाथि संकट आउँथ्यो, तब श्रीकृष्णले आफ्नो युद्ध नीतिबाट त्यसको समाधान खोज्थे। भीष्म, द्रोणाचार्य आदि अनेक महारथीको वधको बाटो श्रीकृष्णले नै पाण्डवलाई सिकाएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment