युक्रेन युद्ध रोक्न रुस र अमेरिकाबीचको वार्ता कहाँसम्म पुग्यो, ट्रम्पले के भने ?

डिसी नेपाल
७ फागुन २०८१ ११:२६
392
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिका र रुसबीच भएको शान्ति वार्तालाई ‘धेरै राम्रो’ भनेका छन्।

दुई देशका विदेशमन्त्रीको भेटपछि ट्रम्पले शान्ति वार्ताको बारेमा पहिलेभन्दा ‘बढी विश्वस्त’ भएको बताए।

उनले भने, “रूस केही गर्न चाहन्छ। तिनीहरू बर्बरता रोक्न चाहन्छन्। हरेक हप्ता हजारौं सैनिकहरू मारिएका छन्। यो मूर्खतापूर्ण छ।”

“हामी यसको अन्त्य चाहन्छौं र यो अर्थहीन युद्ध हो। यदि त्यतिबेला म राष्ट्रपति भएको भए यो (युद्ध) कहिल्यै हुने थिएन।”

युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच मंगलबार साउदी अरेबियामा शान्ति वार्ता भएको छ।

यसबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने, “हामी सबै पारदर्शिता चाहन्छौं ताकि कसैले पनि हाम्रो पछाडि केही निर्णय नगरोस्। हामीलाई रुस-अमेरिका वार्तामा आमन्त्रित गरिएको थिएन। अरू सबैजस्तै, यो हाम्रो लागि पनि आश्चर्यको कुरा थियो। हामीले मिडियाबाट यसको बारेमा थाहा पायौं।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *