अभिनेत्री शिल्पा बनिन् ओशो सन्यासी
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल ओशो सन्यासी बनेकी छन्।
शिल्पाले ओशोको ध्यान शिविर पुगेर स्वामी आनन्द अरुणबाट नवसन्यास दीक्षा ग्रहण गरेको बताइएको छ।
अभिनेत्री तथा ओशो सन्यासी सोभिता सिम्खडाले शिल्पाको संन्यास दीक्षाको भिडियो सामाजिक सञ्जालमा राखेकी छन्।
‘शिल्पा पोखरेलले ओशो तपोवनमा बोधिसत्व स्वामी आनन्द अरुण ज्युको हातबाट ओशोको नवसन्यास दिक्षा ग्रहण गरी माँ प्रेम हाँस्या बनेकोमा अत्यन्त हर्षित छु। अबको अध्यत्मिक यात्राले नयाँ जिन्दगी निर्माण गरी भविष्य तर्फ डोर्याओस् ,’ उनले लेखेकी छन्।
शिल्पाले केही अगाडि मात्र फिल्म निर्माता पति छविराज ओझासँग सम्बन्ध बिच्छेद गरेकी थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment