पोप फ्रान्सिसलाई निमोनिया, अस्पताल भर्ना
काठमाडौं । धार्मिक नेता पोप फ्रान्सिसको दुवै फोक्सोमा निमोनिया भएको छ र उनको अवस्था स्थिर रहेको छ। भ्याटिकनले यो जानकारी दिएको छ।
८८ वर्षीय पोप फ्रान्सिसलाई श्वासप्रश्वासको संक्रमण भएपछि अस्पताल भर्ना गरिएको छ।
भ्याटिकनले पोप फ्रान्सिसको छातीको सिटी स्क्यान गर्दा निमोनिया भएको देखिएको बताएको छ।
भ्याटिकनले बताएअनुसार यसको बाबजुद पनि पोप फ्रान्सिसले पूरा दिन पढ्न, आराम गर्न र प्रार्थना गर्न बिताए।
पोप फ्रान्सिसले आफ्ना प्रियजनहरूलाई आफ्नो स्वास्थ्यलाभको लागि प्रार्थना गर्न आग्रह गरेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment