दिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ता, रामलिला मैदानमा आज शपथ

डिसी नेपाल
८ फागुन २०८१ ७:३०
1.0k
Shares

काठमाडौं। भारतीय जनता पार्टी (भाजपा)ले नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्तालाई नियुक्त गरेको छ। बुधबार दिउँसो बसेको भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले गुप्तालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने निर्णय गरेको हो।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार नयाँदिल्लीको सत्तामा भाजना २७ वर्षपछि पुनरागमन गरेको हो। नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह आज मध्याह्न रामलिला मैदानमा हुने बताइएको छ।

गुप्तासहित प्रवेश बर्मा, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी थिए। गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन्। उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन्। उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *