युक्रेनी राष्ट्रपति जेलेन्स्की तानाशाह बनेको डोनाल्ड ट्रम्पको आरोप
काठमाडौं । युक्रेनमा जारी युद्ध अन्त्य गर्न अमेरिका र रुसबीच शान्ति वार्ता भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको विवाद बढ्दै गएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनाव बिनाको तानाशाह भनेका छन्।
जेलेन्स्कीले यसअघि रुसले युक्रेनको बारेमा धेरै गलत सूचना फैलाएको आरोप लगाएका थिए।
उनले भने, “मलाई राष्ट्रपति ट्रम्पप्रति धेरै सम्मान छ, तर म भन्छु कि उनी गलत सूचनाको दुनियाँमा छन्।”
राष्ट्रपतिको रूपमा जेलेन्स्कीको कार्यकाल मे २०२४ मा समाप्त हुने थियो, तर फेब्रुअरी २०२२ मा रूसको आक्रमणदेखि युक्रेनमा मार्शल ल लागू छ र यसका कारण चुनाव हुन सकेको छैन।
ट्रम्पले पहिले जेलेन्स्कीको अप्रुभल रेटिङ अर्थात् सरल शब्दमा भन्नुपर्दा उनको लोकप्रियता केवल चार प्रतिशतमा झरेको दाबी गरेका थिए।
यद्यपि, बीबीसी भेरिफाइको रिपोर्टले ५७ प्रतिशत युक्रेनीहरूले अझै पनि राष्ट्रपति जेलेन्स्कीलाई विश्वास गर्ने खुलासा गरेको छ।
युक्रेनमा जारी युद्ध अन्त्य गर्ने विषयमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच साउदी अरेबियामा शान्ति वार्ता भएको छ।
यसबारे युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भनेका थिए, “हामी सबै पारदर्शिता चाहन्छौं ताकि कसैले पनि हाम्रो पछाडि केही निर्णय नगरोस्। हामीलाई रुसी-अमेरिकी वार्तामा आमन्त्रित गरिएको थिएन।”







डिसी नेपाल







Facebook Comment