निर्धारित समयअगावै ‘ग्रे लिष्ट’ बाट बाहिर निस्कन्छौँ: अर्थमन्त्री पौडेल
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समयअगावै ‘ग्रे लिष्ट’बाट बाहिर निस्कने बताएका छन्।
फाइनान्सिएल एक्सन टाक्स फोर्स (एफएटिएफ)ले नेपाललाई ‘ग्रे लिष्ट’ मा राखेपछि संक्षिप्त प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले भने, ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो। पेरिस बैठकबाट नेपालको ‘एक्सन प्लान’ स्वीकृत भएको छ। एक्सन प्लानअनुसार प्रभावकारी रूपमा काम गरेर हामी निर्धारित समयअगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौँ।’
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment