सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच भेटवार्ता
काठमाडौं। सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालबिच मंगलबार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीबिच भेटवार्ता भएको हो।
भेटमा सङ्घीय संसद्लाई अझ व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री बनाउन गर्न सकिने काम, डिजिटल संसद्को सन्दर्भ, चालु अधिवेशनका कामकारबाहीको समीक्षा र अधिवेशन अन्त्य लगायतका विषयमा कुराकानी भएको थियो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment