सांसद खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीविरुद्ध प्रतिनिधि सभामा दिएको अभिव्यक्तिको अंश संसदीय अभिलेखबाट हटाइएको छ।
सभामुख डोलप्रसाद अर्यालले मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा गत भदौ २६ गतेको बैठकमा सांसद सुनारले प्रयोग गरेको उक्त विवादित वाक्यांश हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।
सांसद सुनारले भदौ २६ गतेको बैठकमा आईजीपी कार्कीमाथि करोडौंको भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई बर्खास्त गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।
सभामुख अर्यालले बैठकमा भने, ‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि’ भन्ने वाक्यांशदेखि ‘आरोप गम्भीर हुन्छ’ भन्ने वाक्यांशको बिचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment