विवाह बन्धनमा बाधिइन् अभिनेत्री नरगिस
काठमाडौं । बलिउड अभिनेत्री नरगिस फाखरीले लस एन्जलसमा आयोजित एक निजी समारोहमा आफ्ना प्रेमी टोनी बेगसँग विवाह गरेकी छन्।
टाइम्स अफ इन्डियाका अनुसार यो जोडीले हालै एक सामान्य समारोहमा विवाह गरेका थिए। जसमा उनीहरूका नजिकका परिवारका सदस्य र साथी मात्र उपस्थित थिए।
रिपोर्टका अनुसार गोपनीयता कायम राख्न दम्पतीले समारोहको कुनै पनि तस्बिर नखिचिएको बताइएको छ। गोप्य विवाहपछि यो जोडी हाल स्विट्जरल्याण्डमा हनिमुन मनाइरहेको छ।
नरगिस फाखरीले आफ्नो इन्स्टाग्राम स्टोरीमा आफ्नो र टोनी बेगसँगैको तस्बिर पनि सेयर गरेकी छन्। नरगिस फाखरी र टोनी बेग विगत तीन वर्षदेखि सम्बन्धमा रहेको बताइएको छ। टोनीलाई कश्मिरी मूलका व्यापारी हुन्। उनी हाल लस एन्जलसमा बस्छन्।
अभिनेत्री नरगिस यसअघि अभिनेता उदय चोपडासँग सम्बन्धमा रहेकी थिइन्। २०१३ देखि उदयसँग सम्बन्धमा रहेकी नरगिसको २०१९ मा ब्रेकअप भएको थियो।
नरगिसको रणवीर कपूरसँगको फिल्म ‘रकस्टार’ बलिवुडमा प्रसिद्ध भएकी थिइन्। त्यसपछि उनी ‘मद्रास क्याफे’, ‘फटा पोस्टर निकाला हिरो’, ‘मैं तेरा हिरो’, ‘सगसम’, ‘अजहर’, ‘ढिशूम’ र ‘तोरबाज’ जस्ता फिल्महरूमा देखा परेकी थिइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment