महाभारतमाथि फिल्म बनाउने इच्छा कायमै छ:अमिर खान
मुम्बई। अभिनेता आमिर खानले भर्खरै महाभारत बनाउने आफ्नो पुरानो इच्छा व्यक्त गरेका छन् । एबीपी सम्मेलनमा आमिरले आफ्नो सपना सबैसँग साझा गरे र यो पनि भने कि बच्चाहरूसँग सम्बन्धित सामग्रीले उनलाई सबैभन्दा धेरै उत्साहित तुल्याउँने गरेको छ।
आमिरले भने, ‘महाभारत बनाउने मेरो सपना हो, त्यसैले सायद अब म त्यो सपनाको बारेमा सोच्न सक्छु। हेरौं यसमा मेरो भूमिका हुन्छ कि हुँदैन।’ बाल सामग्रीका फिल्ममा आफ्नो रुचि बारे कुरा गर्दा अमिर खानले भने, ‘मलाई लाग्छ कि भारतमा हामी बालबालिकासँग सम्बन्धित सामग्री कम बनाउँछौं । सामान्यतया हामी विदेशबाट आयात गर्छौं, यसलाई यहाँ डब गरेर रिलिज गर्छौं। म बच्चाहरूको बारेमा कथाहरू बनाउन चाहन्छु।’
अभिनेताका हैसियतले एक पटकमा एउटा चलचित्र गर्न मन लागे पनि निर्माताको हैसियतले थप प्रोजेक्ट गर्ने आफ्नो लक्ष्य रहेको पनि उनले बताएका छन् ।
आमिरले भने, ‘एक अभिनेताको हैसियतमा म एक पटकमा एउटा फिल्म गर्छु र त्यसमा म खुसी छु । निर्माताको हैसियतमा अझै धेरै फिल्महरू गर्ने प्रयासमा छु किनभने अर्को महिनाबाट म ६० वर्षको हुनेछु र आगामी १० देखि १५ वर्षसम्म म थप काम गर्न र नयाँ प्रतिभालाई अवसर दिन चाहन्छु।’
उनले मिसिङ लेडीज र यस फिल्ममा नितान्शी गोयल, प्रतिभा रन्ता र स्पर्श श्रीवास्तव जस्ता नयाँ कलाकारलाई कसरी समावेश गरेका छन् भन्ने कुरा पनि साझा गरेका थिए । किरण रावद्वारा निर्देशित ‘मिसिङ लेडीज’ लाई आमिर खानले आफ्नो प्रोडक्सन ब्यानरमा निर्माण गरेका हुन् । जो ओस्कारका लागि सिफारिस भएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment