कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनित
काठमाडौं। नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनित गरिएको छ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेको कांग्रेस स्थानीय तह समन्वय विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
मनोनयन हुनेमा गीता सत्याल, ललितपुर, उमा थापा, बाँके, विनोद यादव, महोत्तरी, रविन राई, मोरङ, डा. हेमराज लामिछाने, चितवन, पुरुषोत्तम नेपाल, काभ्रेपलाञ्चोक, राजु गुरूङ, गोरखा, बाबुकृष्ण सापकोटा, धादिङ, गोरख बहादुर सुनार, जुम्ला र निर्प खड्का, कैलाली रहेका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment