च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त
काठमाडौं। जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ। पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ।
जारी प्रतियोगितामा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन्। दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको थियो भने अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेको थियो।
आजको खेल दुवै देशका लागि महत्वपूर्ण रहेको छ। आजको खेल जित्ने देश सेमिफाइनलमा पुग्ने सम्भावना हुनेछ।
प्रतियोगिता अघि प्रमुख खेलाडीको अनुपस्थितिमा कमजोर मानिएको अस्ट्रेलियाले इङल्याण्डविरुद्धको खेलमा प्रतियोगिताको इतिहासकै सबै भन्दा ठुलो लक्ष्य चेज गरेर आफूलाई प्रतियोगिताको दाबेदारको रुपमा पेश गरेको छ।
त्यसैगरी दक्षिण अफ्रिकाले पनि पछिल्ला बर्षहरुमा उत्कृष्ट क्रिकेट खेलिरहेको छ। दक्षिण अफ्रिकाका लागि हेइनरिच क्लासेनको फिटनेस चिन्ताको विषय बनेको छ। उनी अफगानिस्तानविरुद्ध खेलेका थिएनन्। उनी यस खेलमा फर्किने सम्भावना रहेको छ।
अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अहिलेसम्म ११० एकदिवसीय खेल भएका छन्। जसमा दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ भने अस्ट्रेलियाले ५१ खेल जितेको छ। जसमा ३ खेल बराबरीमा सकिएका छन् भने एक खेलको नतिजा आएको थिएन।
No ads found for this position


डिसी नेपाल
Facebook Comment