राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा कृष्णमन्दिरमा पूजा आरधना (फोटोफिचर)

डिसी नेपाल
६ भदौ २०७६ १७:०३

काठमाडौं। श्रीकृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा आराधना गरि मुलुकभर मनाईएको छ।

भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा हरेक बर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ। ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको साथै मुलुकभरका कृष्णमन्दिरहरुमा आज दिनभर नै भक्तजनहरुको ठूलो घुँईचो लागेको थियो।

यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको पाटन स्थिति कृष्ण मन्दिर पुगी प्रसाद ग्रहण गरेकी छन्। राष्ट्रपति भण्डारीले मन्दिरभित्र प्रवेश नगरिकनै पुजारीबाट फूल प्रसाद ग्रहण गरि फर्किएकी थिइन्। फूल प्रसाद ग्रहण पछि उनले पुजारीलाई दक्षिणा पनि दिएकी थिइन्।

कृष्णमन्दिर परिसरमा राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले स्वागत गरेका थिए। राष्ट्रपतिको सवारीका क्रममा ललितपुर क्षेत्रको सुरक्षा व्यवस्था कडा पार्नुको साथै दर्शनार्थीहरुलाई केही समय मन्दिरमा पूजा आजा गर्न रोकिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *