अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले रद्ध
काठमाडौं। जारी आइसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल वर्षाले रद्ध भएको छ।
पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २ः४५ बजेदेखि शुरु हुनुपर्ने समुह बी अन्तर्गतको यो खेल लगातारको वर्षापछि रद्ध भएको हो।
खेल रद्ध भएपछि अस्ट्रेलिया र दक्षिण अफ्रिकाले एक एक अंक बाँडेका छन्। यसपछि समुह बी मा दक्षिण अफ्रीका २ खेलमा ३ अंकसहित शीर्ष स्थानमा रहेको छ भने अस्ट्रेलियापनि २ खेलमा समान ३ अंकसहित रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ।
यस समुहमा रहेका इङल्याण्ड र अफगानिस्तानले आफ्नो पहिलो खेलमा हार व्यहोरेर अंकविहिन रहेका छन्। अब च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार इङल्याण्ड र अफ्गानिस्तानबीच खेल हुदै छ। यो खेल पाकिस्तानको लाहोरमा हुने छ।
च्याम्पियन्स ट्रफी अन्तर्गत समुह ए बाट भने भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन्। त्यस्तै बंगलादेश र पाकिस्तान भने आफ्ना २–२ खेलमा हार व्यहोरेर बाहिरिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment