धादिङमा दुर्घटना: २ जनाको मृत्यु, ३ जना घाइते
धादिङ। धादिङको गल्छी गाउँपालिकास्थित वडा नम्वर ३ गुप्लेश्वरीमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ३ जना घाइते भएका छन्।
बाग्मती प्रदेश ०१-००४ क ३३५२ नम्वरको पानी बोक्ने ट्यांकर कच्ची सडकबाट खस्दा सो दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान भैनसकेको धादिङ प्रहरीले जनाइएको छ।
ट्यांककर सडकबाट करिव दुई सय मिटर तल खसेको छ। गएराति करिव एक वजेतिर भएको सो दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पताल धादिङमा उपचारका लागि लगिएको छ।
ट्यांकर अफ्ट्यारो भिरमा खसेको र भिरमा अड्किएकोले शव निकाल्नसमेत कठिन भएको प्रहरीले जनाएको छ। शवलाई निकालेपछि पोष्टमार्टमका लागि गजुरी पठाउने तयारी गरेको उद्धारकर्मी नारायण कुमार श्रेष्ठले जानकारी दिए।
सवारी चालक भने सकुसल छन्। ट्यांकर फर्काउन ब्याक गर्ने क्रममा दुर्घटना भएको र आफू हामफालेर बाँचेको घाइते एक जना यात्रुले जानकारी दिएका छन्। घाइतेहरुको अवस्था भने सामान्य छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment