च्याम्पियन्स ट्रफीमा आज इङल्याण्ड र अफगानिस्तान भिड्दै
काठमाडौं। जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज इङल्याण्ड र अफगानिस्तानबीच खेल हुदै छ। समूह बी अन्तर्गतको यो खेल पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा नेपाली समय अनुसार अपरान्ह २: ४५ बजेदेखि शुरु हुँदै छ।
जारी प्रतियोगितामा इङल्याण्ड र अफगानिस्तानले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेकोले यो खेल दुवै देशका लागि महत्वपूर्ण रहेको छ। यो खेलमा हार बेहोर्ने देश सेमिफाइनलको दौडबाट बाहिरिने भएकाले दुवैका लागि जित्नै पर्ने अवस्था रहेको छ।
यसअघि इङल्याण्ड अस्ट्रेलियासँग र अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित भएका थिए।
समुह बी मा दक्षिण अफ्रिका २ खेलमा ३ अंकसहित शिर्ष स्थानमा रहेको छ भने अस्ट्रेलिया २ खेलमा ३ अंकसहित रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ।
इङल्याण्ड र अफगानिस्तानबीचको हेड टू हेडको कुरा गर्दा दुवैबीच अहिलेसम्म केवल ३ एकदिवसीय खेल भएका छन्। जसमा इङल्याण्डले २ खेल जितेको छ भने अफगानिस्तानले एक खेल जितेको छ।
जारी आइसीसी च्याम्पियन्स ट्रफीमा समुह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् भने पाकिस्तान र बंगलादेश सेमिफाइनलको दौडबाट बाहिरिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment