न्यूक्यासलमाथि लिभरपुलको सहज जित

डिसी नेपाल
१५ फागुन २०८१ ६:३६
52
Shares

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्यूक्यासललाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले न्यूक्यासललाई २-० गोल अन्तरले पराजित गरेको हो।

लिभरपुलको जितमा डोमिनिक स्जोबोसजलाई र एलेक्सिस म्याक एलेस्टरले एक एक गोल गरेका थिए।

यो जितपछि लिभरपुलको प्रिमियर लिगमा २८ खेलमा ६७ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ। त्यसैगरी न्यूक्यासालको २७ खेलमा ४४ अंक रहेको छ लिगमा छैटौं स्थानमा रहेको छ।

त्यस्तै गएराति नै सम्पन्न खेलमा आर्सनल भने नोट्टीङघम फोरेस्टसँग गोलरहित बराबरी खेलेको छ। यो बराबरीपछि आर्सनल शिर्ष स्थानमा रहेको लिभरपुलसँग १३ अंकले पछाडि परेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *