च्याम्पियन्स ट्रफीः बंगलादेश र पाकिस्तानबीचको खेल वर्षाले रद्ध
काठमाडौं। च्याम्पियन्स ट्रफी अन्तर्गत बंगलादेश र पाकिस्तानबीचको खेल रद्ध भएको छ।
पाकिस्तानको रावलपिन्डीमा वर्षाले खेल हुने अवस्था नभएपछि टस नै नभएर रद्ध गरिएको हो। खेल रद्ध भएपछि दुवै देशले एक एक अंक बाँडेका छन्।
समुह ए मा रहेका बंगलादेश र पाकिस्तान जारी प्रतियोगितामा सेमिफाइनलको दौडबाट बाहिर भइसकेकाले यस खेलको नतिजाले कुनै फरक भने परेको छैन।
बंगलादेश र पाकिस्तान आफ्ना दुवै खेलमा भारत र न्यूजील्याण्डसँग पराजित भएका थिए। समुह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment