राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं। नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सहआयोजनामा तेस्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता आगामी चैतको १ देखि ४ गतेसम्म हुने भएको छ।
नखिपोटस्थित आयोजकको आफ्नै कभर्डहलमा प्रतियोगिता हुने आयोजक नखिपोट युथ क्लबका अध्यक्ष जङ्गबहादुर सुनुवारले जानकारी दिए। प्रतियोगितामा छ स्पर्धामा करिब दुई सय ७५ खेलाडीको सहभागिता अपेक्षा गरिएको क्लबका उपाध्यक्ष इन्द्रजित लिम्बूले जानकारी बताए। सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ। प्रतियोगिताको कुल पुरस्कार राशि रु तीन लाख ८५ हजार रहेको छ।
पुरुष/महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः रु ३० हजार, १५ हजार र सात हजार पाँच सय पाउने छन्। पुरुष सिंगल्समा शीर्ष आठ वरियतामा रहेका खेलाडी सहभागी हुन पाउने छैनन्। यु–१७ पुरुष सिंगल्समा पहिलो हुनेले रु १५ हजार, दोस्रोले १० हजार र तेस्रोले पाँच हजार नगद पुरस्कार हात पार्ने छन्।
शीर्ष २० वरियताबाहेकका खेलाडीको पुरुष डबल्समा प्रथम हुनेले रु ५० हजार, द्वितीयले २५ हजार र तृतीयले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। त्यस्तै मिक्स डबल्सका विजेताले रु ३० हजार, उपविजेताले १५ हजार र तेस्रोले सात हजार पाँच सय पुरस्कार पाउने छन्।
भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा शीर्ष तीन स्थानमा रहनेले क्रमशः रु ३५ हजार, २० हजार र १० हजार पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिता सञ्चालन गर्न करिब रु १५ लाख खर्च लाग्ने आयोजकले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment