गोकर्णेश्वरमा चेस प्रतियोगिता जारी, प्रतियोगिहरु बीच कडा प्रतिस्पर्धा
काठमाडौं। माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लवकको आयोजनामा गोकर्णेश्वर स्थित बौद्ध अन्तर्राष्ट्रिय विद्यालयमा भएको चेस प्रतियोगिता जारी छ ।
गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा फागुन १४ गते सुरु भएको प्रतियोगिता फागुन १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा ७ जना भारतीय खेलाडी सहित कुल ९४ जना खेलाडीहरू सहभागी छन भने सो प्रतियोगिता स्विज लिग अन्तर्गत ९ राउण्ड सम्म चल्ने प्रतियोगिताका प्रमुख निर्णायक ज्ञानेन्द्र खाईजुले जानकारी दिए ।
शुक्रबार भएको छैठौं राउण्डको खेलमा ४.५–४.५ अंकका राजिव कार्की(दोलखा) र कृष्ण थापा (गोकर्णेश्वर न.पा.), त्यसैगरी पुरुषोत्तम सिल्वाल(साउथ वेष्टर्न कलेज) र फिडे मास्टर क्षितिज भण्डारी ( मकवानपुर) बराबरी खेली ०.५–०.५ अंक बाड्न सफल भएका छन् ।
ललितपुरका क्याण्डिडेट मास्टर सजिन महर्जनले भारतका १८५२ रेटिङ्गका खेलाडि प्रखर त्रिपाठीलाई हराई महत्वपूर्ण १ अंक जोड्न सफल भएका छन्। आयोजक माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लवका खेलाडी क्याण्डिडेट मास्टर पुरुषोतम चौलागाईले १८३७ रेटिङ्गका खेलाडि मार्सल एच.सि. सँग बराबर खेली अंक बाडे भने अन्य भारतीय खेलाडीहरुले मिश्रित नतिजा ल्याउन सफल भए ।
छैठौँ राउण्डको समाप्ति सँगै ५ अंक र बुकोजको आधारमा साउथ वेस्टन कलेजका पुरुषोत्तम सिलवाल प्रतियोगिताको पहिलो स्थान ओगटेका छन् भने सोही अंक सहित गोकर्णेश्वर नगरपालिकाका कृष्ण थापा, दोलखाका राजिव कार्की, ललितपुरका क्याण्डिडेट मास्टर सजिन महर्जन, भारतका आशुतोष कुमार, भारतका माज ईकुवाल, भारतकै अरमान सिद्धिकी प्रतियोगिताको पहिलो हुने दौडमा छन् ।
त्यस्तै, समान ४.५ अंकसहित मकवानपुरका फिडे मास्टर क्षितिज भण्डारी, आयोजकका पुरुषोत्तम चौलागाई र काभ्रेका खेलाडि मार्सल एच.सि. ले पछ्याई रहेका छन् ।
५१ हजार रुपैयाँको प्रथम पुरस्कारसहित कुल दुई लाख रुपैयाँको पुरस्कार राशी भएको सो प्रतियोगितामा ३१ खेलाडीहरुलाई पुरस्कृत गरिने आयोजक माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लवका अध्यक्ष मोहन कार्कीले जानकारी दिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment