च्याम्पियन्स ट्रफी: अफगानिस्तानले अस्ट्रेलियालाई दियो २७४ रनको लक्ष्य
काठमाडौं। अफगानिस्तानले अस्ट्रेलियालाई २७४ रनको लक्ष्य दिएको छ। जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तानले ५० ओभरमा अल आउट हुदै २७३ रन बनाएको हो।
अफगानिस्तानका लागि सेडिक्वालाह अटलले सर्वाधिक ८५ रन बनाएका थिए भने अजम्तुल्लाह ओमारजाईले ६७ रनको योगदान दिएका थिए। त्यसैगरी इब्राहिम जद्रानले २२, कप्तान हशमतुल्लाह शाहिदीले २० र राशिद खानले १९ रन बनाएका थिए।
त्यसैगरी अस्ट्रेलियाका बलर बेनद्वारशुइसले सर्वाधिक ३ विकेट लिए भने स्पेन्सर जोन्सन र एडम जाम्पाले २/२ विकेट लिए। त्यसैगरी नाथन एलिस र ग्लेन म्याक्सवेलले एक एक विकेट लिएका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment