सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

डिसी नेपाल
७ भदौ २०७६ ०:०२
8
Shares

भक्तपुर । मध्यपुर ठिमी नगरपालिका ४ नयाँठिमी चारदोबाटोस्थित सडकमा बा ७३ प ९७२१ नम्बरको मोटरसाइकल र बा ६७ प ६७५४ नम्बरको स्कुटर आपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका ५ कमेरेटार बस्ने २२ वर्षीय राजेश गोजाको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक भक्तपुर नगरपालिका ५ तौमढी बस्ने ३१ वर्षीय प्रबिण लोहलाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *