विशेष अदालतद्वारा बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सिलवाललाई भ्रष्टाचार मुद्दामा सफाइ
काठमाडौं। विशेष अदालतले बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवाललाई भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिलवालमाथि झुठो विवरण पेश गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो।
सिलवालले नागरिकता लिएको मिति र उनले विश्वविद्यालयबाट पाएको शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति फरक रहेको अख्तियारको आरोप थियो। उनले वास्तविकता भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको समेत आरोप थियो। विशेष अदालतले सिलवाललाई अख्तियारको सबै आरोपबाट सफाइ दिएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment